|
२०८३ असार ३१
म्याग्दी : अविरल वर्षापछि आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाँध (इन्टेक) क्षेत्रमा बाढी पसेपछि आयोजनाबाट विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको हो।
आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार असार २८ गतेदेखि उत्पादन बन्द भएको छ। बाढीसँगै आएको पहिरोका कारण इन्टेकसम्म पुग्ने सडक अवरुद्ध भएकाले मर्मत तथा क्षतिको विस्तृत मूल्याङ्कनमा समेत कठिनाइ भएको उनले बताए।
बाढीले आयोजनाको संरचनामा क्षति पुर्याउँदा विद्युत् उत्पादन रोकिएको छ भने यसबाट आर्थिक असर पनि परेको आयोजनाको भनाइ छ। गत वर्ष निर्माण सम्पन्न भएको उक्त आयोजना दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्