२ असार, काठमाडौं । अविरल वर्षापश्चात कास्की स्थित मादी गाउँपालिकामा रहेको सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगाएको छ ।
मनसुनको प्रभावका कारण मादीखोलामा आएको बाढीले पावरहाउस सङ्गसङ्गै निर्माण सामग्री पनि बगाएको हो ।
सुपरमादी जलविद्युत् आयोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए अनुसार बाढीले करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ।
८० प्रतिशत निर्माणकार्य सकिएको उक्त आयोजना यही असारमा सम्पन्न हुने चरणमा थियो । ४४ मेगावाट क्षमताको आयोजना गए रातिको बाढीले क्षतिग्रस्त बनेको हो ।
आयोजनामा कार्यरत सबै ७०० कामदार सुरक्षित रहेको जनाइएको छ । मादीखोलामा कार्यरत करिब ३०० कामदारलाई आज बिहान सकुशल उद्धार गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया