पोखरामा थपियो २२ मेगावाट बिजुली, सेतीखोलाबाट उत्पादन सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

कास्की :कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ।

सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो। प्राविधिक परीक्षणपछि करिब १५ दिनभित्र नियमित व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरिएको छ।

५ अर्ब ५ करोड रुपैयाँ लागतमा बनेको आयोजनामा ११–११ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएको छ। प्रवर्द्धक कम्पनीले आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि आईपीओ जारी गर्ने योजना बनाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *