राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादन नजिक, सुरुङमा पानी भर्न सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ८

काठमाडौँ :म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्ने काम सुरु भएको छ। करिब ६.२७ किलोमिटर लामो मुख्य सुरुङ परीक्षणका लागि पानी हाल्न थालिएको हो।

आयोजनाका अनुसार केही दिनमै सम्पूर्ण सुरुङमा पानी भरी करिब १५ दिनपछि परीक्षण उत्पादन सुरु गर्ने तयारी छ। विद्युत्गृह र अन्य संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ।

सबै परीक्षण सफल भए आयोजना छिट्टै विद्युत् उत्पादनको चरणमा प्रवेश गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *