काठमाडौं, असार २ — नेपाली कांग्रेसका सचेतक निश्कल राईले नेपाली चिया निर्यातमा भारततर्फबाट भइरहेको अवरोध हटाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्। इलामको अर्थतन्त्रको मुख्य आधार चिया उद्योग अहिले गम्भीर समस्यामा परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।
राईका अनुसार भारतको पश्चिम बंगालस्थित पानीट्याङ्की नाकामा गुणस्तर परीक्षणको नाममा नेपाली चियाका कन्टेनरहरू लामो समय रोकिँदा व्यवसायीहरू आर्थिक रूपमा मारमा परेका छन्। उनले यसलाई केवल प्राविधिक समस्या नभई दुई देशबीचको कूटनीतिक विषयका रूपमा लिनुपर्ने बताए।
उनले नेपालमै अन्तर्राष्ट्रियस्तरको चिया परीक्षण केन्द्र स्थापना, चिया उद्योगको संरक्षण तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्। चिया किसान र व्यवसायीका समस्या समाधानमा ढिलाइ भए आन्दोलन चर्किन सक्ने चेतावनी समेत उनले दिएका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्