परराष्ट्र मन्त्रालयद्धारा कूटनीतिक मर्यादा र आचारसंहिताबारे मन्त्रीहरूलाई प्रशिक्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २५

काठमाडौं । परराष्ट्र मन्त्रालयले कूटनीतिक मर्यादा र आचारसंहिताबारे नयाँ सरकारका मन्त्रीहरूलाई प्रशिक्षण दिएको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रीलाई राखेर ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ शीर्षकमा प्रशिक्षण दिएको हो ।

मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुति दिएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।

परराष्ट्र सचिव राईले मन्त्रीहरूलाई अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत जानकारी गराएका थिए ।

सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमा र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराएको प्रेस विज्ञ दाहालले बताइन् ।

यस्तै सचिव राईको प्रस्तुतिमा नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षमा विशेष जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *