काठमाण्डौँ । सन् २०२६ मा पश्चिम बंगाल, तमिलनाडु, केरल, असम र पुडुचेरीमा सम्पन्न विधानसभा चुनावले भारतीय राजनीतिमा ठूलो परिवर्तन संकेत गरेको छ । भारतीय जनता पार्टी (भाजपा) ले उल्लेखनीय सफलता हासिल गर्दै धेरै राज्यमा आफ्नो प्रभाव विस्तार गरेको हो।
पश्चिम बंगालमा ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस पराजित हुँदै भाजपाले दुई तिहाइ बहुमतसहित सरकार गठन गरेको छ। तमिलनाडुमा विजय को नयाँ पार्टी उदाउँदै परम्परागत द्रविड दलहरूलाई चुनौती दिएको छ।
केरलमा वामपन्थी सत्ता ढल्दै कांग्रेस नेतृत्वको गठबन्धन फर्किएको छ भने असममा हिमन्त विश्व शर्मा नेतृत्वमा भाजपाले लगातार तेस्रो जित हासिल गरेको छ। पुडुचेरीमा एनआर कांग्रेस–भाजपा गठबन्धनले सत्ता कायम राखेको छ।
विश्लेषकहरूका अनुसार यी नतिजाले नरेन्द्र मोदी नेतृत्वको राष्ट्रिय राजनीतिलाई बलियो बनाउँदै क्षेत्रीय दलहरूको प्रभाव घट्दै गएको संकेत गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्