|
२०८२ कार्तिक २८
काठमाण्डौँ । भारतको बिहार विधानसभा निर्वाचनको मतगणना जारी छ । आजसम्मको मत परिणाम अनुसार त्यहाँको वर्तमान सत्ता गठबन्धन ‘एनडीए’ नै दुई तिहाइभन्दा बढी सिटमा विजयी हुने देखिएको छ ।
केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) सहित बिहारका वर्तमान मुख्यमन्त्री नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेड (जेडीयुं सम्मिलित गठबन्धन प्रचण्ड बहुमततर्फ अग्रसर देखिन्छ । यो गठबन्धनमा अन्य तीन साना दल पनि छन्, जसले जारी मतगणनामा करिब ३० सिटमा अग्रता बनाएका छन् ।
समग्रमा एनडीए गठबन्धन कुल २४३ सिटमध्ये २०६ सिटमा अग्रता बनाएको छ भने दुई सिटमा विजयी घोषित भइसकेको छ । यही आधारमा एनडीए गठबन्धनले समग्रमा २०८ सिट जितेको खण्डमा बिहारमा अब भाजपाबाहेकको सरकार बन्न नसक्ने देखिएको छ ।
बिहार विधानसभामा भाजपा सबैभन्दा ठुलो दलका रूपमा स्थापित हुने देखिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्