|
२०८२ माघ १६
काठमाण्डौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एसिया क्षेत्रको २०२६ को सम्मेलन नेपालमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीको २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने शुक्रबार जानकारी दिएको हो ।
यो सम्मेलन आगामी वैशाख ३ र ४ गते काठमाडौंमा हुने भएको हो ।
क्यानका अनुसार यो सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारीहरू, प्रशासकहरू र प्रतिनिधिहरू एकै ठाउँमा भेला हुनेछ ।
भेलमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रमहरू, शासनसम्बन्धी विषयहरू र भावी दिशाबारे छलफल हुनेछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्