विधानसभा उपचुनाव मतगणना : १३ सिटमध्ये एकमा मात्रै भाजपा अगाडि

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २९

एजेन्सी : सात राज्यका १३ विधानसभा सिटमा भएको उपचुनावपछि मतगणना जारी छ । निर्वाचन आयोगको वेबसाइटका अनुसार मतगणना सुरु भएको करिब ३ घण्टापछि भाजपा एक सिटमा अगाडि छ । यो सिट हिमाचल प्रदेशको हमीरपुर विधानसभा सिट हो।

यसबाहेक कांग्रेसले ५ र पश्चिम बंगालका सबै ४ सिटमा टीएमसी अगाडि छ । यसैगरी जेडीयू, आम आदमी पार्टी र डीएमके एक–एक सिटमा अगाडि छन् ।

विधानसभा उपचुनावका लागि मतगणना भइरहेको सिटमध्ये पश्चिम बंगालमा सबैभन्दा बढी ४ सिट छ भने हिमाचल प्रदेशमा ३ र उत्तराखण्डमा २ सिट छन् ।

यसबाहेक बिहार, तमिलनाडु, मध्य प्रदेश र पञ्जाबको एक-एक विधानसभा सिटका लागि शनिबार बिहान ८ बजेदेखि मतगणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *