×

देउवा–ओली भेट हुनासाथ उलटफेर हुँदैन : सांसद सापकोटा

असार १७, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठुला दलका शीर्ष नेताहरूबिच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरूको भेट हुनासाथ सत्ता समीकरण उलटफेर नहुने बताएका हुन् ।

उनले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूका बिचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताए । उनले नेताहरू भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताए ।

उनले भने – ‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरूलाई नजिकबाट नियाल्यौँ भने अहिले सिङ्गै राजनीति तरङ्गित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बिचमा संवाद हुँदा बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठुला–ठुला ब्यानर न्युजहरू हामीले पढ्न पाउँछौँ ।

सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउनुपर्नेमा सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराए ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुई जना नेताहरू बस्न बित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने । सत्ताको समीकरण नै बदलिने त्यस्तो परिस्थितिका रूपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ । यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन । तर पनि राजनीतिक दलका नेताहरूका बिचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: