लिग २ शृंखलामा क्यानले नेपाल र ओमानबीचको खेलमा टिकट मूल्य घटायो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २१

काठमाण्डौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको शृंखलाअन्तर्गत नेपाल र ओमानबीचको अन्तिम खेलअघि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य समायोजन गरेको छ ।

क्यानले सामाजिक सञ्जालमा पोस्ट राख्दै ओमानसँगको खेलका लागि टिकट मूल्य घटाएर २०० रुपैयाँ तोकेको हो । यसअघि नेपालको खेलका लागि ४०० तथा बाँकी खेलका लागि १०० रुपैयाँ टिकट मूल्य तोकिएको थियो ।

जारी लिग २ शृंखलामा दर्शकको संख्या न्युन भएपछि टिकटको मूल्य धेरै भएको कारणले दर्शक कम भएको चर्चा हुँदै आएको थियो । पूर्वखेलाडीदेखि समर्थकसम्मले टिकटको मूल्य धेरै भएको टिप्पणी गरेका थिए ।

दर्शकको संख्या बढाउन नै टिकट मूल्य कम गरिएको बुझिएको छ । यो मूल्य आगामी शृंखलाका लागि पनि हो वा होइन यसबारेमा भने केही जानकारी आएको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *