सरकारले पेट्रोलको मूल्य २० र डिजेलको मूल्य २९ ले घटायो

DaksuMedia दाक्सु मिडिया
|
२०७९ असार ११

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ‍दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए। 
पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्‍याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो। सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *