महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ८

काठमाण्डौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।

नेपालकी रुबिना क्षेत्रीले नटआउट ३७, सीता राना मगरले नटआउट २७ रन बनाए । नेदरल्यान्ड्सकी इसाबेल भान डेर वोनिङले ३ विकेट लिइन् ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनायो ।

यसअघि पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सको भने यो लगातार तेस्रो जीत हो । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *