नागरिकको राहदानीमा ‘शर्त’ लेख्ने कर्मचारीमाथि कारबाही प्रक्रिया सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा नियमविपरीत ‘शर्त’ लेख्ने कर्मचारीमाथि अध्यागमन विभागले कारबाही प्रक्रिया सुरु गरेको छ ।

सामाजिक सञ्जालमा यात्रुको पासपोर्टमा ‘Employment is strictly prohibited. Visit till’  जस्ता हस्तलिखित नोट देखिएपछि विभागले गम्भीर ध्यानाकर्षण जनाएको हो । विभागका अनुसार यस्तो शर्त राख्ने कुनै नीति नभएको स्पष्ट पार्दै संलग्न कर्मचारीमाथि आन्तरिक छानबिन अघि बढाइएको छ ।

साथै, भिजिट भिसामा जाने प्रक्रिया हाल सरलीकृत गरिएको पनि विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *