|
२०८२ चैत्र २५
काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया सुरु भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा उनीहरू विदेश (हाल हङकङ) मा रहेको विवरणपछि प्रहरी प्रधान कार्यालयसँग समन्वय गरिरहेको जनाएको छ।
अध्यागमन विवरणअनुसार देउवा दम्पती हालै भारत र सिंगापुर हुँदै बाहिरिएका हुन् । कानुनी प्रक्रिया पूरा भएपछि उनीहरूको खोजीका लागि इन्टरपोलमार्फत ‘डिफ्युजन’ वा ‘रेड नोटिस’ जारी हुन सक्ने भए पनि कुन नोटिस जारी गर्ने भन्ने अझै निश्चित भएको छैन ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्