|
२०८२ चैत्र २१
सांसद अमरेश कुमार सिंहले देशमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणका प्रयासहरू सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनले वर्तमान सरकार बनेपछि आफूले उठाएका विषयमा कारबाही सुरु भएकोप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले परिवर्तनका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै आम नागरिकको साथ र सहभागिता अत्यन्तै आवश्यक रहेको उल्लेख गरेका छन्। सिंहले सुशासनको अभियान सफल बनाउन सबैले नेतृत्वलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्