दाङको घोराहीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २२

काठमाण्डौँ । दाङको घोराहीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट भएको छ । पुस २० गते आइतबार बक्यौता ब्याज तिर्न ताकेता गर्न बैंकको घोराही शाखाका कर्मचारी नविन थापा ऋणी भण्डारी सप्लायर्समा पुगेका थिए ।

भण्डारी सप्लायर्सका सञ्चालकले लिएको करिब ५० लाख रुपैयाँ ऋणको ब्याज नियमित नभएपछि बक्यौता ब्याज असुलीका लागि बैंकका कर्मचारी आइतबार भण्डारीको घरमा पुगेका थिए । त्यसक्रममा फर्म सञ्चालकले ब्याजका लागि तोकेता गर्न आएका कर्मचारीलाई सुरुमा धकेल्दै पछाडि लगेको र पछि कुटपिट समेत गरेका छन् ।

सुरुमा नियमित रुपमा बैंकको ऋण र ब्याज तिर्ने गरेको भएपछि पछिल्लो केही समयदेखि ताकेता गर्दा ब्याज तिर्दै आएको बैंकले जनाएको छ । तर पछिल्लो पटक ब्याज तिर्न ताकेता गर्न जाँदा भण्डारी सप्लायर्सका सञ्चालकले बैंकका कर्मचारीमाथि कुटपिट गरेका हुन् । दुर्गा प्रसाई लगायतका समूहहरुले पछिल्लो समय बैंकहरुको ऋण असुलीमा नै समस्या बनाएका छन् । उनीहरूका गतिविधिले कर्मचारीमाथि मनोवैज्ञानिक दबाब बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *