काठमाण्डौँ । नेकपा एमालेको विरोध प्रदर्शनमा सहभागी भएपछि डिजिटल यौनहिंसाको सिकार भएकी अमिसा पराजुलीको उजुरीमा कारबाही बढिरहेका बेला एमालेकै महिला सांसदहरू यस्तै घटनाबारे चासो राख्दै साइबर ब्युरो पुगेका छन् ।
महिला तथा किशोरीहरूमाथि यस प्रकारका डिजिटल हिंसा नरोकिएको भन्दै पद्मा अर्याल, रामकुमारी झाक्री लगायत एमाले सांसदहरू ध्यानाकर्षण गराउन सोमबार साइबर ब्युरो पुगेका हुन् ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै महिला, केटी र केटाहरूमाथि पनि साइबर बुलिङका घटना बढेको उनले बताइन् ।
सामाजिक सञ्जालको च्याट र अन्य भर्चुअल माध्यमबाट हिंसा बढेको उल्लेख गर्दै उनले अहिले बलात्कार र अपहरण गर्ने मात्र होइन, हत्या गर्ने, एसिड फ्याँक्ने, घरमा आगो लगाउने जस्ता घटना र घृणाको बढेको बताइन् ।
साइबर ब्युरोको कार्यक्षेत्रमा पर्ने यस किसिमको अपराधमा अनुसन्धान र दण्ड(सजायको अवस्था के(कस्तो छ भनेर बुझ्न र त्यसलाई नीतिगत रूपमा कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सल्लाह गर्न आएको झाक्रीले बताइन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्