यात्रा प्रतिबन्धका बीच विश्वकप खेल्दै इरानी टोली दबाबमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १२

एजेन्सी । फिफा विश्वकपमा सहभागी इरानको राष्ट्रिय फुटबल टोली अमेरिकी यात्रा नियमका कारण कठिन परिस्थितिमा परेको छ।

अमेरिकी व्यवस्थाअनुसार इरानी खेलाडीहरू खेल सुरु हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न पाउने र खेल सकिएपछि तुरुन्तै फर्किनुपर्ने अवस्था रहेको जनाइएको छ।

इरानी अधिकारीहरूले यस्तो व्यवस्थाले टोलीको तयारी र प्रदर्शनमा असर परेको आरोप लगाएका छन्। टोलीले आफ्नो आधार शिविरसमेत अमेरिकाबाट सारेर मेक्सिकोमा राखेको छ।

इरान फुटबल महासंघले यात्रा प्रतिबन्धलाई अन्यायपूर्ण भन्दै खेलमा राजनीतिक प्रभाव परेको दाबी गरेको छ। २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *