|
२०८३ असार १२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट चितवनकी २३ वर्षीया आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
भरतपुरकी पोखरेलले बागमती प्रदेश भूगोलतर्फबाट ८८० मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा जित हासिल गरेकी हुन्। उनी रास्वपाको स्थापना समयदेखि नै पार्टी गतिविधिमा सक्रिय रहँदै आएकी छन्।
यसअघि उनले भरतपुर महानगर समिति सदस्य र कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी थिइन्। पत्रकारिताको अनुभवसमेत रहेकी पोखरेल हाल मन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन्।
निर्वाचनपछि प्रतिक्रिया दिँदै उनले नयाँ पुस्ताको भावना समेट्दै पार्टीलाई अझ प्रभावकारी बनाउन योगदान दिने बताएकी छन्। केन्द्रीय जिम्मेवारीसँगै आफ्नो दायित्व थपिएको महसुस भएको उनको भनाइ छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्