|
२०८२ चैत्र २१
केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत अमिशा पराजुलीलाई लक्षित गरी गरिएको साइबर बुलिङ प्रकरणमा रौतहटबाट अभिषेक चौधरीलाई पक्राउ गरेको छ।
उक्त प्रकरणमा थप अनुसन्धानका लागि चौधरीलाई काठमाडौंस्थित ब्यूरो कार्यालयमा ल्याउने तयारी भइरहेको छ। पराजुलीले सार्वजनिक अभिव्यक्ति दिएकोपछि प्रमाणसहित उजुरी दर्ता गराएकी थिइन्।
प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी छ र आवश्यक प्रमाण संकलन गरी कानुनअनुसार कारबाही अघि बढाइने छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्