|
२०८३ असार १२
विराटनगर । नेकपा कोशी प्रदेशका इन्चार्ज राजेन्द्र राईले पार्टीलाई बलियो बनाउन पुरानो कार्यशैली परिवर्तन गरी नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन्।
कोशी प्रदेश समितिको बैठकमा बोल्दै राईले नेतृत्व र भुइँतहका कार्यकर्ताबीचको दूरी घटाउनुपर्नेमा जोड दिए। उनले जनताका वास्तविक समस्या बुझेर मात्रै नीति र कार्यक्रम प्रभावकारी बन्ने बताए।
संगठन विस्तार र समायोजनमा भएको ढिलाइले कार्यकर्तामा निराशा बढेको उल्लेख गर्दै उनले समयमै संगठनात्मक काम पूरा गर्नुपर्ने धारणा राखे।
राईले सामाजिक न्याय, समानता र जनजीवनसँग जोडिएका विषयलाई प्राथमिकता दिएर पार्टी अघि बढ्नुपर्ने बताए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्