|
२०८३ असार १२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा मतदान गर्न पुगेका रौतहटका प्रतिनिधि प्रवेश गर्न नपाएपछि केही समय विवाद भएको छ।
रौतहटबाट आएका १० जना प्रतिनिधि पदाधिकारीको मतदानका लागि महाधिवेशन हलमा पुग्दा गेट बन्द भइसकेको बताइएको छ। उनीहरू निर्धारित समयपछि पुगेको भन्दै प्रवेश रोकिएपछि असन्तुष्टि जनाएका थिए।
प्रतिनिधिहरूले मतदान गर्न नपाएको भन्दै विरोध गरेपछि महाधिवेशन स्थलमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्