|
२०८२ चैत्र १८
काठमाण्डौँ । यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एकजना जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ ज ७०६६ नम्बरको जिप चालककले १६ वर्षीया बालिकालाई दुर्व्यवहार (अनुचित स्पर्श) तथा अस्वाभाविक व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
चालक ४९ वर्षीय अनबहादुर गुरुङलाई वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । गुरुङ स्याङ्जाकै बिरुवा गाउँपालिका ७ का हुन् ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्