सप्तरीमा आठ क्विन्टलभन्दा बढी गाँजासहित चालक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १०

काठमाण्डौँ । सप्तरी जिल्लामा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।

प्रहरीले भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा आठ क्विन्टलभन्दा बढी गाँजासहित एक जना चालकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुधबार विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको छिन्नमस्ता गाउँपालिका–४, लालापट्टी टोलमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक तथा इलाका प्रहरी कार्यालय सखडाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ९६६५ नम्बरको पिकअप गाडी रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा पिकअप गाडीमा लागुऔषध गाँजा ३२ पोका फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *