रौतहटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १९

काठमाण्डौँ । प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

रौतहटका चार वटा निर्वाचनमा १५७ वडा २७७ मतदान स्थल रहेको छ । कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेको जिल्लामा ५४१ मतदान केन्द्र तोकिएको छ । सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचरीहरू पुगिसकेका छन ।

शान्तीपूर्ण निर्वाचनका लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी सहित १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

नेपाली सेनाले चारवटै निर्वाचन क्षेत्रमा बम डिस्पोजल टोलि समेत परिचालन गरेको छ ।

भारतसँगको सिमानाका लाई सोमबार राति १० बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको भुसालले बताए ।

भारतबाट नेपाल तर्फ आउने नेपाली नागरिकको हकमा नागरिकता हेरेर प्रवेश दिने व्यवस्था गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *