|
२०७८ असार २१
२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै २३ सङ्क्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार २११ जना सङ्क्रमण मुक्त भएका छन् ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्