|
२०८२ माघ ४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट माधव सापकोटा (सुबोध)लाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
सापकोटा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन्। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान उनलाई औपचारिक रूपमा टिकट प्रदान गरेका हुन्।
आगामी प्रतिनिधि सभा निर्वाचन २१ फागुनमा हुने तय भएको छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयन दर्ता माघ ६ गते हुनेछ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्