काठमाण्डौँ । आगामी फागुन २१ गते हुने संघीय संसद प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला कमिटीले सर्वसम्मत रूपमा उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
जिल्ला संयोजक नाम्गेल शेर्पाको अध्यक्षतामा बुधबार सल्लेरीमा सम्पन्न बैठकले प्रतिनिधि सभा सदस्यका लागि पाँच जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । जिल्ला सदस्य भोजराज कार्कीका अनुसार बैठकले सर्वसहमतिका साथ उम्मेदवार चयन गरेको हो ।
सिफारिस गरिएका उम्मेदवारहरूमा हेमकुमार राई (शुरवीर), असिम राई, शिवबहादुर बस्नेत (राजेन्द्र), आङ दावा शेर्पा तथा अम्बिरकाजी कुलुङ रहेका छन् ।
त्यसैगरी, समानुपातिक तर्फ गोपाल किराँती, पासाङ शेर्पा (कर्मा), ङिमा तेण्डुप शेर्पा, दिलबहादुर नेपाली (घनश्याम), केशव खड्का (श्याम), करुणा बस्नेत, ङिमादिकी शेर्पा र अमृता कुलुङको नाम सिफारिस गरिएको छ।
बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका रूपमा दिलबहादुर नेपाली (घनश्याम) लाई सिफारिस गर्ने निर्णयसमेत गरेको जानकारी दिइएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्