प्रचण्ड–माधव राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न आन्तरिक छलफलमा जुटेका छन् ।

यसअघि नै सिफारिस भएर आएका नामउपर छलफल गरेर टिकट दिने कार्यमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल व्यस्त छन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार राष्ट्रिय सभाका १८ वटै सिटमा उम्मेदवारी दिन लागिएको छ ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद हुन् । त्यस ठाउँमा फेरि सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनित गर्नेछन् ।

बाँकी १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

नेकपाका नेता ज्वालाका अनुसार पार्टीका तर्फबाट उम्मेदवार तय गरेर टिकट दिएर पठाउने काम भइराखेको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *