निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमाले दर्ता हुन बाँकी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ५

काठमाण्डौँ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ३७ वटा दल दर्ता भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको हो ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने पार्टीहरूमा देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देश भक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), आम जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायत रहेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरू भने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा जान बाँकी छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता भएका दलको संख्या भने १२६ रहेको जानकारी दिएका छन् । १२६ मध्ये ३७ दलले प्रतिनिधि सभाको चुनाव लड्ने गरी दल दर्ता गरेका हुन् । बाँकी ३० वटा दल दर्ता प्रक्रियामा रहेका छन् ।

यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय तय भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *