गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रबाट निर्वाचित सबै प्रदेश सांसद माधव नेपालतिर लागे

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १७

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता तथा सांसद गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

पूर्व मन्त्री समेत रहेका बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र १ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र(२ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी रोजेका छन्।

२०७४ को निर्वाचनमा लम्सालले २७ हजार ६ सय २१ मत ल्याएका थिए भने हुमागाईंले २८ हजार ६ सय ७७ मत ल्याएकी थिइन्।

एमाले विभाजनपछि बागमती प्रदेशका १२ सांसदले एकीकृत समाजवादी रोजेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *