काठमाण्डौँ । नेपाली कांग्रेसको संस्थापन समूहका केन्द्रीय सदस्यहरूले भूराजनीतिका कारण कांग्रेस विभाजनको संघारमा पुगेको भन्दै त्यसलाई रोक्न प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौँको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा शुक्रबार भएको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको छलफलले कांग्रेसलाई कमजोर बनाउन भित्रिया र बाहिरी शक्ति सक्रिय भएको निष्कर्ष निकालेको हो ।
छलफलपछि केन्द्रीय सदस्य गुरु बरालले भूराजनीति र राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुनबाट रोक्न सबैमा आह्वान गर्ने निष्कर्ष निकालेको जानकारी दिए ।
उनले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्ने निष्कर्ष निकालेको पनि जानकारी दिए ।
छलफलमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामा सहभागी थिए । त्यस्तै रमा पौड्याल कोइराला, गोमा भटराई, सुशीला ढकाल आचार्य, लक्ष्मी खतिवडा, कृष्णकिशोर घिमिरे, सिता देवकोटा, शारदा पौडेल, सिता राना, रुपा विश्वकर्मा, बराल, मानबहादुर नेपालीसहितका केन्द्रीय सदस्यहरू सहभागी थिए ।
बरालले पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारे पनि कुराकानी भएको बताए ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्