×

कांग्रेस मुख्यालयमा जिल्ला सभापतिको रिले अनशन

भदौ ९, २०७८ | दाक्सु मिडिया

काठमाडौं ।  क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्न माग गर्दै कांग्रेस नेता रामचन्द्र पाैडेल पक्षीय जिल्ला सभापतिहरुको आन्दोलन बुधबार पनि जारी छ ।

 सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका उनीहरुले आजबाट रिले अनशन सुरु गरेका छन् । 

क्रियाशील सदस्यहरुको सूची सार्वजनिक नगरिएसम्म रिले अनशन जारी राख्ने कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले न्युज कारखानालाई बताए । 

पाैडेल पक्षीय जिल्ला सभापतिहरुले मंगलबार पार्टी कार्यालयमा धर्ना  दिएका  थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: