कर्णालीमा धेरै आकांक्षी , नेकपालाई दलको नेता चुन्न सकस

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १०

काठमाण्डौँ । कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई संसदीय दलको नेता चुन्न सकस परेको छ ।

आकांक्षीहरूको लर्को लागेपछि समस्या सिर्जना भएको हो । मंसिर १७ गते बसेको संयुक्त बैठकले साबिकको एकीकृत समाजवादी र माओवादी केन्द्र नेपाली कम्युनिस्ट पार्टीमा रूपान्तरण भएका थिए । सोही बैठकले मंसिरभित्रै दल नेता लगायत पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो ।

पदाधिकारी चयन नहुँदासम्मका लागि आवश्यक समन्वय र दलको काम कारबाही सञ्चालन गर्ने जिम्मेवारी साबिक माओवादीका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई दिइएको थियो ।

एकीकृत दलको विषय प्रदेश सभा सचिवालयमा समेत दर्ता भइसक्यो । प्रदेश सभाले एकीकृत दलको विवरण अभिलेखमा राखिसकेको अवस्थामा पदाधिकारी चयनमा भने विलम्ब भएको छ ।

मंसिरभित्रै पदाधिकारी चयन गरिसक्ने भने पनि अहिलेसम्म न औपचारिक छलफल भएका छन् न बैठक नै बस्न सकेको छ ।

मंसिर २७ गते एकता सभालाई सम्बोधन गर्न आएका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह—संयोजक माधव नेपालसहितको उपस्थितिमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठक पनि बसेको थियो ।

उक्त बैठकमा प्रचण्डले दल नेता चयन संसदीय दलकै छलफलबाट टुंगो लगाउनुपर्ने सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *