×

नेकपा एस बागमती प्रदेशः दलको उपनेतामा खनाल, प्रमुख सचेतकमा सिग्देल

भदौ २८, २०७८ | दाक्सु मिडिया

हेटौँडा – नेकपा (एकीकृत समाजवादी)  बागमती प्रदेशको संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन भएका छन् । हेटौँडामा सोमबार बसेको संसदीय दलको बैठकले उपनेतामा खनाललाई चयन गरेको हो । 

यसअघि आइतबारको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको थियो ।  यस्तै, सोमबारको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मत रुपमा चयन गरेको छ । 

बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि आवश्यक तयारी गर्ने पनि निर्णय भएको छ । यसका लागि दलका नेता पाण्डेलाई गठबन्धनमा आवद्ध दलहरू माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दिएको छ । 

यस्तै, तीन दलको सरकार निर्माण भएपछि सरकारकोतर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न प्रदेशसभा सदस्यहरू माधवप्रसाद पौडेल, बसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिइएको नेकपा एकीकृत समाजवादीले बताएको छ ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: