|
२०७८ भाद्र १७
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ ।
सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हाल्नुभएको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।
आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उहाँहरु संसदीय दलको नेतामा चयन गरेको थियो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा एकीकृत समाजवादीले नयाँ दलको मान्यता पाएको थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्