एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : सुदूरपश्चिम–विराटनगर र चितवन–पोखरा आमने–सामने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २०

काठमाडौँ— राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। TU अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:१५ बजे हुने पहिलो खेलमा अपराजित सुदूरपश्चिम रोयल्सले प्लेअफ सुरक्षित गरिसकेको विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ।

पहिले नै क्वालिफायर पुगिसकेको सुदूरपश्चिममा दबाब छैन भने आठ अंक बटुलेको विराटनगरले पहिलो क्वालिफायरमा स्थान बनाउन जित अनिवार्य छ। जित भए विराटनगर सुदूरपश्चिमसँगै क्वालिफायर खेल्नेछ, नत्र लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्न पर्नेछ।

दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको दोस्रो खेल भने केवल प्रतिष्ठाको रुपमा हुनेछ। दुवै टोली ६ खेलमा चार–चार अंकसहित प्लेअफ दौडबाट पहिल्यै बाहिरिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *