|
२०८२ मंसिर १८
काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रॅङ्गशालामा दुई खेल सञ्चालन हुँदैछन्।
पहिलो खेलमा बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्। पोखराले पाँच खेलबाट चार अंक मात्र बटुलेको हुँदा प्लेअफको आशा कायम राख्न आजको खेल जित्नु अनिवार्य छ। काठमाडौंले भने छ खेलबाट आठ अंक जोड्दै आफ्नो स्थिति मजबुत बनाएको छ।
साँझ ४ बजे दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्। पाँच खेलमा चार अंकसहित चितवनलाई पनि प्लेअफमा प्रवेश गर्न जित अत्यावश्यक छ। अर्कोतर्फ, दस अंक बटुलेर सुदूरपश्चिम पहिले नै प्लेअफमा प्रवेश गर्दै तालिकाको शिर्ष स्थानमा छ।


दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्