गगन थापाले केन्द्रीय समितिलाई महाधिवेशन र पार्टी सुधारबारे बताए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २८

काठमाडौं – कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले विभिन्न नेताहरूले उठाएका सवालको जवाफ दिएका छन्। सानेपामा बिहीबार बसेको बैठकमा थापाले करिब एक घन्टासम्म भाषण दिँदै महाधिवेशन, क्रियाशील सदस्यता र पार्टी सुधारबारे स्पष्ट पार्दै सुझाव दिएका थिए।

थापाले बताएअनुसार, ८ लाख ८० हजार सदस्यता फारम तीन वर्षअघि जिल्ला पठाइसकिएको भए पनि जिल्लाले नखोल्दा उनलाई काम नगरेको आरोप लागिरहेको छ। उनले महाधिवेशन नियमित रूपमा नगरेको अवस्थालाई विशेष महाधिवेशनमार्फत नयाँ सभापति चयन गर्ने माध्यमले समाधान गर्नुपर्ने बताए।

महामन्त्री थापाले भने, “सभापतिले छोडेको ठाउँमा विशेष महाधिवेशनबाट सभापति ल्याएर सम्हाल्ने हो। त्यसले संक्रमणकाल चलाउँछ अनि नियमित महाधिवेशन गराउँछ।”

उनले पार्टीमा व्यापक सुधार आवश्यक भएको र जेन-जेड पुस्तालाई पनि भरोसा लाग्ने गरी परिवर्तन गर्न महाधिवेशन आवश्यक रहेको बताए। साथै राष्ट्रिय नवीकरण नीति अभियान घोषणा गर्नुपर्ने र चुनाव अघि तयारी पूर्ण गर्नुपर्ने कुरामा जोड दिए।

थापाले बैठकमा आफूले गरेका गल्तीको पनि स्वीकार गर्दै पार्टीलाई अघि बढाउने रणनीति स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *