काठमाण्डौँ । नेपाली कांग्रेसको गत असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन सम्बन्धी छुट्टाछुट्टै चार मिति प्रस्ताव भएका छन् ।
गत मंगलबारको बैठकमा दुई वटा मिति प्रस्ताव भएका थिए । शुक्रबारको बैठकमा फेरि दुई मिति प्रस्ताव भएका हुन् । प्रस्ताव भएका तीन मिति नियमित महाधिवेशनका लागि हुन् भने एउटा मिति विशेष महाधिवेशनका लागि हो ।
मंगलबारको बैठकमा महामन्त्री गगन थापाले पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने छुट्टाछुट्टै कार्यतालिका पेस गरेका थिए । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य किरण राज शर्मा पौड्यालले वैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर पार्टीको महाधिवेशन उद्घाटन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
शुक्रबारकै बैठकमा अर्का केन्द्रीय सदस्य मधु आचार्यले आगामी मंसिर २४ गते मंगलादेवीको जन्म जयन्तीको अवसर पारेर विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
महामन्त्री थापाले पेस गरेको महाधिवेशन सम्बन्धी कार्यतालिकामा क्रियाशील सदस्यता वितरण र नयाँ सदस्यता वितरण आगामी मङ्सिर १० गतेसम्म गर्ने, मङ्सिर १० देखि २० गतेसम्म क्रियाशील सदस्यता छानबिन गर्ने उल्लेख छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्