काठमाण्डौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर नेताहरू पार्टीको केन्द्रीय कार्यसमितिप्रति सशंकित बनेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने मत बलियो हुँदै गर्दा पक्षधर नेताहरू सशंकित बनेका हुन् ।
केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म बोलेका केन्द्रीय सदस्यहरूले आगामी मंसिरमै १५ औँ महाधिवेशन आयोजना गर्नुपर्नेमा जोड दिइरहे पनि विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान सञ्चालन गरेका अगुवा नेताहरू ढुक्क देखिँदैनन् ।
पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनको शोकमा कांग्रेसले देशभरका पार्टी कार्यालयहरू बन्द गरेर शोक मनाइरहेका बेला उनीहरूले आइतबार पत्रकार सम्मेलन गरेर केन्द्रीय कार्यसमितिप्रति आशंका व्यक्त गरेका छन् ।
केन्द्रीय कार्यसमितिले जारी केन्द्रीय कार्यसमिति बैठक १३ कात्तिकसम्मका लागि स्थगित गरेपछि अगुवा नेताहरूमा आगामी मंसिरमा महाधिवेशन नहुने आशंका बढेको देखिन्छ ।
पत्रकार सम्मेलनमा युवा नेता मनोजमणि आचार्यले आगामी बैठक छठपछि डाकिएको र कहिले सकिनेसमेत टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने देखिएको बताएका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्