|
२०८२ कार्तिक २१
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई श्रृङ्खला सकेर नेपाली राष्ट्रिय क्रिकेट टिम मध्यरातमा स्वदेश फर्किएको छ। विमानस्थलमा खेलकुद मन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्कालगायतले टोलीलाई स्वागत गरे।
नेपालले लिग–२ मा चार खेलमा लगातार हार व्यहोर्दै १२ अंकमा सीमित भएको छ। पहिलो खेल अमेरिकासँग १०६ रनले, दोस्रो युएईसँग ५ विकेटले, तेस्रो अमेरिकासँग ४ विकेटले र चौथो युएईसँग ४ विकेटले पराजित भयो।
तर विगतमा यूएईमा भएको वेस्ट इन्डिजविरुद्धको युनिटी सिरिज र ओमानमा सम्पन्न टी–२० विश्वकप छनोटमा नेपालको टोलीले दुई ट्रफी जित्दै सफल प्रदर्शन देखाएको थियो। अब टोलीले केही विश्राम लिँदै आगामी खेलको तयारी गर्नेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्