यूएईविरुद्ध अन्तिम भिडन्तमा सान्त्वना जितको खोजीमा नेपाल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १९

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपाल आज यूएईविरुद्ध मैदान उत्रिँदैछ। यो प्रतिस्पर्धा दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपाली समय अनुसार बिहान ११:१५ बजेबाट सुरु हुनेछ।

नेपालले यसअघि खेलिएका तीनै खेलमा पराजय बेहोरेको छ र आजको खेलबाट जित निकाल्दै शृंखला सन्तुलनमा समाप्त गर्ने लक्ष्य लिएको छ। पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो, त्यसपछि यूएईसँग पाँच विकेटले र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटले हार मान्नु परेको थियो।

लिग २ को अंकतालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा छ। नेपालले १९ खेलमा १२ अंक जोड्दै सातौं स्थान ओगटेको छ भने यूएई ८ अंकका साथ अन्तिम स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *