|
२०८३ आश्विन २८
काठमाडौं । भारतको नयाँ दिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएका गृहमन्त्री सुधन गुरुङ बुधबार नेपाल फर्कने भएका छन्।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार बैठकमा गृहमन्त्री गुरुङले आतंकवाद तथा सीमापार हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सदस्य राष्ट्रबीच सहकार्य बलियो बनाउनुपर्ने धारणा राखेका थिए।
उनले अपराध नियन्त्रणका लागि सूचनाको सुरक्षित आदानप्रदान, आपसी समन्वय र भएका प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। साथै, प्राकृतिक विपद्को पूर्वतयारी र प्रतिकार्यलाई व्यवस्थित बनाउन संयुक्त कार्यदलसहितको क्षेत्रीय संयन्त्र स्थापना गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका थिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्