काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्ससँगको सहकार्यमा नेपथ्यले पोखरा रंगशालामा शुक्रवार पोखरामा रंगशालामा सांगीतिक प्रस्तुति दिने भएको छ ।
गण्डकी प्रदेशमा एनपिएलको ट्रफी टुरका दौरान नेपथ्यले सांगीतिक प्रस्तुति दिने पोखरा एभेन्जर्सले जानकारी गराएको छ।
नेपथ्यको सांगितिक प्रस्तुतिका बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी दिएको केही घण्टामा पहिलो हजार टिकट र विद्यार्थी सहुलियत टिकट विक्री भइसकेको भन्दै एभेन्जर्सले समर्थकहरूलाई धन्यवाद दिएको छ ।
नेपथ्यसँगको सहकार्यले पोखरा एभेन्जर्सको लोकप्रिय थप उचाइमा पुर्याउने विश्वास लिएको जनाउँदै टोली अफिसियल किरण शमशेर राणाले अहिलेको समयमा देशमा एकता र भाइचाराको खाँचो रहेको बताएका छन् ।
खेल र संगितलाई सम्बन्ध सेतुको रुपमा अगाडि बढाउने विश्वास पोखरा एभेन्जर्स म्यानेजमेन्टका मालिक सुवोध त्रिपाठीको भनाई छ ।
नेपथ्यको सांगितिक प्रस्तुति हेर्नका लागि पोखरा एभेन्जर्सको जर्सी किन्नुपर्ने पोखरा एभेन्जर्सले जनाएको छ ।
जर्सी विक्रीबाट आउने केही रकम पोखरा र आसपासका सामुदायिक विद्यालयहरूमा सामजिक उत्तरदायित्व अन्तर्गत क्रिकेट खेल विकासका लागि प्रयोग गरिने बताइएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्