|
२०८२ भाद्र २२
काठमाण्डौँ । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदैछन् ।
पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने पहिलो खेलमा मधेश युनाइटेड र काठमाण्डौ स्पाइकर्स खेल्दैछन् । उक्त खेल दिउँसो २ बजेबाट शुरु हुनेछ ।
यस्तै दिउँसो ४ बजे लुम्बिनी लाभास र पोखरा निन्जाजबीच खेल हुँदैछ । शनिबार भएको खेलमा ललितपुर क्वीन्स, कर्णाली यशविस र मधेश युनाइटेड विजयी भएका थिए । प्रतियोगितामा छ वटा टोली रहेका छन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्