×

आहारारा पोखरा गोल्डकपमा संकटामाथि थन्डरबोल्टको रोमाञ्चक जित

माघ २५, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै आमन्त्रित टिम थन्डरबोल्टस् क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३-१ ले स्तब्ध पारेको हो ।

खेलको अग्रता भने संकटाले लिएको थियो । तर अग्रतालाई कायम गर्न संकटा पहिलो खेलबाटै फर्किनुपरेको छ । खेलको १७औं मिनेटमा संकटाका मनिष पौडेलले टिमलाई अग्रता दिलाएका थिए । उनले विपक्षीको डि बक्स भित्रबाट गोल गरेका हुन् । उनले पासाङ लामाको पास सदुपयोग गर्दै उत्कृष्ट फिनिस गरे ।

खेलको ३४औं मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । थन्डरले पाएको पेनाल्टी मौका टिमका टालाले पेनाल्टीमा सहजै गोलमा परिणत गरे । संकटाका किपर दिपले कुनै अवसर पाएनन् ।

दोस्रो गोलपछि सहज स्थितिमा फर्किएको थन्डर त्यसपछि भने आत्मविश्वासी देखियो । थन्डरका आदर्श तामाङले खेलको ८४औं मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरे । उनले मैदानको सेन्टरभागबाट गोल गर्दै थन्डरबोल्टस ३-१ को अग्रता दिलाएसँगै सिक्किमको टोली जित नजिक पुगेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: