एनपिएलको टोली पोखरा एभेन्जर्सको प्रस्तुतिमा पोखरामा नेपथ्य गुन्जिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १९

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्ससँगको सहकार्यमा नेपथ्यले पोखरा रंगशालामा शुक्रवार पोखरामा रंगशालामा सांगीतिक प्रस्तुति दिने भएको छ ।

गण्डकी प्रदेशमा एनपिएलको ट्रफी टुरका दौरान नेपथ्यले सांगीतिक प्रस्तुति दिने पोखरा एभेन्जर्सले जानकारी गराएको छ।

नेपथ्यको सांगितिक प्रस्तुतिका बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी दिएको केही घण्टामा पहिलो हजार टिकट र विद्यार्थी सहुलियत टिकट विक्री भइसकेको भन्दै एभेन्जर्सले समर्थकहरूलाई धन्यवाद दिएको छ ।

नेपथ्यसँगको सहकार्यले पोखरा एभेन्जर्सको लोकप्रिय थप उचाइमा पुर्‍याउने विश्वास लिएको जनाउँदै टोली अफिसियल किरण शमशेर राणाले अहिलेको समयमा देशमा एकता र भाइचाराको खाँचो रहेको बताएका छन् ।

खेल र संगितलाई सम्बन्ध सेतुको रुपमा अगाडि बढाउने विश्वास पोखरा एभेन्जर्स म्यानेजमेन्टका मालिक सुवोध त्रिपाठीको भनाई छ ।

नेपथ्यको सांगितिक प्रस्तुति हेर्नका लागि पोखरा एभेन्जर्सको जर्सी किन्नुपर्ने पोखरा एभेन्जर्सले जनाएको छ ।

जर्सी विक्रीबाट आउने केही रकम पोखरा र आसपासका सामुदायिक विद्यालयहरूमा सामजिक उत्तरदायित्व अन्तर्गत क्रिकेट खेल विकासका लागि प्रयोग गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *